Section 76
खघुबीमा मात्र गर्ने प्रयोजनको लागि बीमा कम्पनी खोल्न सकिने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय मात्र गर्ने उद्देश्यले बीमा कम्पनी संस्थापना गर्न सकिनेछ ।

(२) उपदफा (१) मा. उल्लेख भए बमोजिमको प्रयोजनको लागि संस्थापना हुने बीमकको पूँजी तोकिए बमोजिम हुनेछ।

(३) उपदफा (१) बमोजिम स्थापना हुने बीमकको संस्थापना र्‌ इजाजपत्र सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुनेछ।